सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ बस्ने ३६ वर्षीय युवराज सिंह ठकुरी समेत ३ जनालाई करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।
ठकुरीले घरमा गाँजा लुकाई छिपाई बिक्री गरिरहेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सोमबार घर तलासी गरेको थियो ।
तसासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।उनीहरुले प्रयोग गरेको प्रदेश नम्बर २–०१–००३ प. ५२ १७ नम्बर र स.५ प १०२० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ फागुन २०७८, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ