मुग्लिन–नारायणगढ सडकमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०२ फागुन २०७८, २० : ३२
मुग्लिन–नारायणगढ सडकमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डमा आज ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका¬¬–१८ भुवनबस्तीकी ३१ वर्षीया अम्बिसा गुरुङ रहेकी छन् । घाइते हुनेमा उनका श्रीमान् ३५ वर्षीय मीनराज र छोरी ९ वर्षीया खुस्बु रहेकी छन् ।

कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३२ प ८२४८ नंको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिएको थियो । अम्बिसाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस