काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ६८.४८२ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका–४ खहरेखोलाबाट गाँजासहित उनीहरूलार्य पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१ ओखलेका ४३ वर्षीय कालु ब्लोन, १९ वर्षीय कृष्णबहादुर ब्लोन र मरिण गाउँपालिका–७ देवसरा बस्ने बहादुर गोले रहेका छन् ।
उनीहरूलाई फागुन १ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो । प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले कालु र कृष्णबहादुरले टाउकोमा एक/एकवटा बोरा बोकी पञ्चकन्या वनतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । बोरासमेत खानतलासी गर्दा कालुको साथबाट एक थान मोबाइल र २२ हजार रुपैयाँ बरामद भएको उहाँले जानकारी दिए । बोराभित्र चारवटा इँटा आकारको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधेको लागूऔषध गाँजा बरामद गरिएको उनको भनाइ छ ।
कृष्णबहादुरको साथबाट एक थान मोबाइल, उनले बोकेको पहेलो रङ्गको प्लाष्टिकको बोराभित्र तीनवटा इँटा आकारको प्लाष्टिकले बेरीको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।
उनीहरूबाट बरामद गरिएको गाँजा तौल गर्दा कालुको साथबाट २०.३४ केजी र कृष्णबहादुरका साथबाट १६.२७ केजी गाँजा बरामद भएको उहाँले जानकारी दिनुभयो । उनीहरूलाई सोधपुछ गर्दा कालुले अरू थप लागूऔषध गाँजा आफ्नो भान्जा नाता पर्ने जिल्लाबहादुरसँग छ भनेपछि बहादुरलाई पक्राउ गरिएको उनले बताए ।
“बहादुरले गाँजा सिन्धुली मरिण गाउँपालिका–७ देवसरा बस्ने प्रसाद गोलेको परालको कुन्युमा लुकाई छिपाई राखेको भनेको र परालले छोपी रहेको अवस्थामा दुईवटा सेतो रङ्गको बोराभित्र तीन/तीनवटा इँटा आकारको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधेको लागूऔषध फेला परेको र तौल गर्दा ३२.२३२ केजी औषध गाँजा बरामद भएको छ”, उनले भने ।
पक्राउ गरिएकाको साथबाट जम्मा ६८.८४२ केजी गाँजा बरामद गरिएको र तीनै जनाविरुद्ध लागूऔषध ऐनअनुसार थप अनुसन्धानका लागि सिन्धुली जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०२ फागुन २०७८, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ
लागू औषधसहित पाँच जना पक्राउ
लागू औषधसहित दुई जना पक्राउ
डोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ
मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ