मोरङ । आफ्नै ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई पक्राउ गरेको छ ।
उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरायसी बिवादको क्रममा उनले आफ्नै आमालाई चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ । भण्डारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ फागुन २०७८, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या