काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका–८ रम्बापुरमा आइतबार साँझ रोकी राखेको जेसीबीमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ घर भएका २३ बर्षीय धन बहादुर चौधरी रहेका छन् ।
उपचारको क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा उनको मृत्यु भएको प्रहरी जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २६ बर्षीय मंगल शाहीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कर्णाली प्रदेश ०२–००१ प २४६१ नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजे अन टेष्ट लेखिएको जेसीबीमा ठोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ फागुन २०७८, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत