इस्लामबाद। कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एउटा अर्धवैशे व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो ।
एक जना मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको हल्ला चलेपछि माघरिब प्रार्थनापछि सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएका थिए । लगत्तै केही समयपछि एक व्यक्तिको शव रुखमा झुन्डाइएको थियो ।
पाकिस्तानी समाचार संस्था डनका अनुसार ती व्यक्तिmले आफूले निर्दोष भएको बताएका थिए, तर कसैले सुनेनन् । ती व्यक्तिलाई ढुंगा प्रहार गर्नुअघि प्रहरीको एउटा समूह घटनास्थल पुगेको थियो । प्रहरीले तत्काल ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । तर, एउटा भिडले उनलाई प्रहरीबाट लक्षारेर आफ्नो नियन्त्रणमा लिएको थियो ।
पाकिस्तानमा इस निन्दाको आरोपमा समूहले व्यक्तिलाई हत्या गरेको यो पहिलो घटना होइन । डिसेम्बरको सुरुमा पनि कुरानको निन्दा गरेको आरोपमा एउटा समूहले कुटेर श्रीलंकाका एक व्यक्तिको हत्या गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ फागुन २०७८, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा