काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गर्न सहमत भएका छन् ।
स्रोतका अनुसार सभामुख अग्निप्रसाद सापकोटा पनि सहमत भएकाले सम्भवतः बुधबार ४ फागुनको बैठकमा एमसीसी टेबल हुनेछ ।सोमबारलाई तय भएको प्रतिनिधि सभाको बैठक दुई दिन पछि सारेर फागुन ४ गते बोलाइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल गर्न निरन्तर पहल गर्दै आएका थिए । तर सत्तारुढ माओवादी र एकीकृत समाजवादी सहमत भएका थिएनन् । सभामुख सापकोटाले पनि राष्ट्रिय वा सत्तारुढ गठबन्धनमा सहमति नभएसम्म एमसीसी टेबल नगर्ने अडान राख्दै आएका थिए ।
तर अमेरिकाले एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनका लागि २८ फेब्रुअरी अर्थात १६ फागुनसम्म समय दिएको छ । बिहीबार मात्र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर २८ फेब्रअरीसम्म एमसीसीबारे निर्णय दिन आग्रह मात्र गरेनन्, एमसीसी फिर्ता भए चिनियाँ हस्तक्षेपका कारण आफ्नो अनुदान सहयोग लिएन भनेर बुझ्ने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक सुरु
सिंहदरवारमा तीन दलका शीर्ष नेताको बैठक जारी
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल जारी