असिनापानीले बाढी : एकै परिवारका ४ सहित ५ को मृत्यु

पत्रपत्रिकाबाट

सोमबार, २४ बैशाख २०७५, ०६ : ५५
असिनापानीले बाढी : एकै परिवारका ४ सहित ५ को मृत्यु


असिनापानीसँगै फेरि आएको बाढीमा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको छ । चार दिनअघि बाढील्े जिप बगाउँदा ३ जनाको ज्यान गएको थियो । लगातार ४ घण्टा असिनापानीसँगै गुहे खोलामा शनिबार राति आएको बाढीले बगाउँदा थलारा गाउँपालिका ४ का २८ बर्षीय हर्क विक, उनकी श्रीमति २५ बर्षीया डल्लीदेवी विक, ६ बर्षकी छोरी मनीषा र ३ बर्षका छोरा समक्षको मृत्यु भएको हो ।

उनीहरुसँगै हिँडिरहेकी सोही गाउँकी ३५ बर्षीया कलशा विकको पनि बगेर मृत्यु भएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस