काठमाडौँ । नेपाल बार एशोसिएसनले न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
आइतवारबाट सर्वोच्च अदालत परिसरमा बिहान ११ बजेदेखि १२ बजेसम्म भौतिक रुपमा आन्दोलनको कार्यक्रम शुरू हुने नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले बताए।
बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेर करीब साढे ३ महिना यता आन्दोलन गर्दै आएको छ । यसबीचमा कोरोना संक्रमण बढेको कारण अदालतको सेवामा समेत संकुचन आएको र सरकारले पनि विभिन्न मापदण्ड जारी गरेको हुँदा आन्दोलनलाई भर्चुअल रुपमा केन्द्रित गरिएको पौडेलले बताए ।
पौडेलले विज्ञप्ति जारी गरेर आइतवारबाट भौतिक रुपमा शुरू हुने आन्दोलनमा काठमाडौं उपत्यकामा रहेका कानून व्यवसायीहरूलाई सहभागिताको लागि अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ माघ २०७८, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाँचबुझ आयोगद्धारा ओली र लेखकलाई पत्र पठाउने तयारी
मिराजको नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा
भोलि शैक्षिक हड्ताल घोषणा
बारा तनाव : जेनजीका माग ३ दिनभित्र सम्बोधन गर्ने सहमति
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन सुरु
पानी बाँड्न हिँडेका सुधन गुरुङले सरकार कब्जा गरेको स्वतन्त्र जेनजी नेपालको आरोप