मसालका दुई नेता एमालेमा प्रवेश

सफल खबर संवाददाता

शुक्रबार, २८ माघ २०७८, १९ : ५५
मसालका दुई नेता एमालेमा प्रवेश

काठमाडौँ । मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)का नेता योगेन्द्र ढकाल र अजिता जिसी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । 
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमबीच ढकाल र जिसीलाई पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सही पार्टी छनौट गरेको भन्दै ढकाल र जिसीलाई पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशी ढकालले भने देशभक्त नेता ओली भएकाले आफूहरु पनि ओली नेतृत्वकै पार्टीमा बसेर देश र जनताको सेवा गर्न चाहेको बताएका थिए ।
 

प्रतिक्रिया दिनुहोस