काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएपछि नेता कमल थापा प्रदेश १ को भ्रमणमा निस्केका छन् । नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेका उनले शुक्रबार मोरङ, सुनसरी र झापाका हिन्दुवादी अगुवाहरूसँग भेटघाट गर्ने भएका छन् । सो क्रममा उनीहरूबाट थापाले राय सुझाव लिने उनीनिकट नेता राजाराम बर्तौलाले जानाकारी दिए ।
प्रदेश १ पछि थापाले अन्य प्रदेशको भ्रमण गर्नेछन् । राप्रपाका नेता कार्यकर्तासँगै सेवा निवृत्त सुरक्षाकर्मीदेखि राष्ट्रसेवकहरूलाई दर्ता गर्न लागेको पार्टीमा समाहित गर्ने उनको चाहना छ ।
महाराजगन्जको एउटा होटलमा बिहीबार थापा समर्थित नेताहरू सम्मिलित बैठकले उनलाई नै पार्टी दर्ता प्रक्रियाको काम गर्ने जिम्मेवारी दिएको छ । जिम्मेवारी पाए लगत्तै थापा राय सुझावका लागि भन्दै प्रदेशस्तरमा समर्थितहरूसँगको भेटघाटमा निस्केका हुन् ।
मंगलबार थापाले राप्रपाबाट अगल भएको घोषणा गरेका थिए । उनको टकराव पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनभन्दा पनि पूर्वराजा ज्ञानेन्द्रसँग थियो । पूर्वराजाले हालै सम्पन्न पार्टी महाधिवेशनमा ठाडो हस्तक्षेप गर्दा पराजित हुनुपरेको थापाको गम्भीर आरोप छ । यससँगै संवैधानिक राजसंस्थाको एजेण्डाबाट थापा पछाडि हटेका छन् । तर, पूर्ववत् हिन्दुत्वको एजेण्डालाई भने अंगिकार गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ माघ २०७८, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनले पार्टीमा हैकमवाद लादेको महामन्त्री राणाको आरोप
नवराज सुवेदीलाई राप्रपा प्रवक्ताले भने– लोकलाजको ख्याल गर्नुस् बा !
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार
रास्वपा र राप्रपाले आज पनि गरे बैठक बहिष्कार
भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारीसम्म संलग्न छन्: राप्रपा
असार मसान्तसम्म रुपन्देही-३ बाट सम्भावित उम्मेदवारको नाम पठाउन राप्रपाको निर्देशन