काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बढ्ने अपेक्षा गरिएको बजार मंगलबार पनि घटेको थियो ।बुधबार नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सुस्ताएको छ । मंगलबार ५ अर्ब नाघेको सेयर कारोबार रकम बुधबार साढे ३ अर्ब पनि पुग्न सकेन ।
सेयर कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ११ अंकले घटेर २ हजार ८ सय १३ दशमलव ४७ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.५१ अंकले घटेको छ ।
दिनभर भएक ४५ हजार ११२ कारोबारबाट २२३ कम्पनीका ६५ लाख २० हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार करोबार रकम ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ माघ २०७८, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे