ए डिभिजन लिगः पुलिस र च्यासलबीचको खेल आज हुने

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, १० : ०८
ए डिभिजन लिगः  पुलिस र च्यासलबीचको खेल आज हुने

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।कोभिड–१९ को कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल आज बुधबार हुन लागेको हो ।

लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।यस अघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो । तर, च्यासलका खेलाडीमा कोभिड–१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।

आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् ।लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ । च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस