काठमाडौं । जसपाका नेता मनीष सुमनले तराई–मधेस केन्द्रित गरी एउटा मात्र पार्टी अस्तित्वमा हुनुपर्नेमा जोड दिए। तर लोसपाका नेता केशव झाले भने एउटा कम्युनिस्ट विचारधारा र अर्को लोकतान्त्रिक विचारधारा भएका दुईवटा पार्टी तराई–मधेसमा चाहिने धारणा व्यक्त गरे।
तराई–मधेसलाई केन्द्रित गरी मधेसमा फेरि छ्यापछ्याप्ती पार्टी गठन हुन थालेका छन्। सिके राउतको जनमत पार्टीदेखि हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीसम्म तराई–मधेसलाई केन्द्रित गरी गठन भएका छन्।
चुनाव नजिकिँदै जाँदा नेताहरूको व्यवस्थापन गर्न तराई–मधेसलाई केन्द्रित गरी नयाँनयाँ पार्टी घोषणा हुन थालेको हो। २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० र समाजवादी पार्टीबीच एकीकरण भई जनता समाजवादी पार्टी ९जसपा० गठन भएपछि १६ महिनासम्म तराई–मधेस केन्द्रित एउटा मात्रै पार्टी सक्रिय रह्यो।
तर यो अवस्था लामो समय टिकेन। गठन भएको एक वर्षमै जसपामा चरम विवाद उत्पन्न भयो। त्यसको ६ महिनामै औपचारिक रूपमै जसपा विभाजित भयो। गत भदौ १ गते तराई–मधेसलाई केन्द्रित गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको छ। लोसपा फुटाएर अर्को पार्टी गठन गर्न केही शीर्ष नेता अहिले लागिपरेका छन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २६ माघ २०७८, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
सर्वोच्चको परमादेशपछि मधेसमा राजनीतिक हलचल
मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि आज सुनुवाइ
मधेसका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि सर्वोच्चमा आज पूर्ण सुनुवाइ हुँदै
मधेस प्रदेश सरकार गठनविरुद्ध आज पनि ७ दलको धर्ना