काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको बताएका छन् ।
सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आशंकाहरु हटेको थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
'वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ,' उनले लेखेका छन् ।
'अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ(संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन,' थापाले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ माघ २०७८, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनको दौडादौड सकिएपछि जेन जेडहरूसँग मिलेर काम गर्छु’: गगन थापा
पार्टीभित्रै घेराबन्दी भएको भन्दै गगन थापाले दिए चुप नबस्ने चेतावनी
नेता निधिमाथि भएको दुर्व्यवहारप्रति गगन थापाको आपत्ति
कांग्रेसमा गगन र विश्वकै मत फरक
निर्वाचनले मात्रै निकास दिँदैन, संरचनागत सुधारका लागि चुनावअघि नै राष्ट्रिय सहमति गरौँ: गगन थापा
पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ’: गगन थापा