भोलिदेखि यातायातमा जोरबिजोर हटाउन सिफारिस

सफल खबर संवाददाता

आइतबार, २३ माघ २०७८, २० : ५४
भोलिदेखि यातायातमा जोरबिजोर हटाउन सिफारिस

काठमाडौं । कोभिड–१९ निर्देशक समिति (सीसीएमसी)ले यातायातमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

समितिको आइतबार बसेको बैठकले सोमबार (माघ २४)देखि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि कोरोनाको जोखिमलाई देखाउँदै ट्याक्सी र निजी सवारी साधनमा जोर बिजोर लगाएको थियो । चौतर्फी आलोचना भएपछि सार्वजनिक सवारीसाधनमा कायम जोर बिजोर भने हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस