पुनर्निर्माणमा भारतीय प्रतिबद्धता अलपत्र

पत्रपत्रिकाबाट

आइतबार, २३ बैशाख २०७५, ०७ : २३
पुनर्निर्माणमा भारतीय प्रतिबद्धता अलपत्र

काठमाडौं । भूकम्पले भत्काएका सम्पदा पुननिर्माण गरिदिने प्रतिवद्धता बनाएको भारतले तीन बर्ष बित्दा पनि काम सुरु गरेका छैन ।
भूकम्पपछि भारतले देशभरका २८ गुम्बा तथा मठमन्दिर पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो । तर प्रतिबद्धताअनुसार हालसम्म कुनै पनि काम सुरु नभएको पुरातत्व विभागले जनाएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

भारतले पाटनको नापीचन्द्र महाविहार, गोपीचन्द्र महाविहार, भीमसेन मन्दिर, सिन्धुपाल्चोकको चिरी गुम्बा, सेतो मछिन्द्रनाथ मन्दिर, ओखलढुंगाको नामहोलिङ गुम्बा, ललितपुरको रत्नकार महाविहार लगायतका सम्पदा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस