काठमाडौं । सभामुख अग्नि सापकोटाले संसदको अवरोध हटाउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । सभामुख सापकोटाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूमार्फत यस्तो आग्रह गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक आगामी माघ २६ गतेका लागि बोलाइएको छ । प्रतिनिधि सभा बैठक अघि सभामुख सापकोटा र कानुनमन्त्री बडूबीच भेटवार्ता भएको हो । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार सभामुख सापकोटा र कानुनमन्त्री बडूबीच झण्डै एक घण्टा छलफल भएको थियो ।
छलफलको क्रममा कानुनमन्त्रीले सभामुख सापकोटाको आग्रहलाई प्रधानमन्त्री समक्ष पुर्याउने जवाफ दिँदै संसदको विजनेशका विषयमा जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ माघ २०७८, १७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता