काठमाडौं । सभामुख अग्नि सापकोटाले संसदको अवरोध हटाउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । सभामुख सापकोटाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूमार्फत यस्तो आग्रह गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक आगामी माघ २६ गतेका लागि बोलाइएको छ । प्रतिनिधि सभा बैठक अघि सभामुख सापकोटा र कानुनमन्त्री बडूबीच भेटवार्ता भएको हो । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार सभामुख सापकोटा र कानुनमन्त्री बडूबीच झण्डै एक घण्टा छलफल भएको थियो ।
छलफलको क्रममा कानुनमन्त्रीले सभामुख सापकोटाको आग्रहलाई प्रधानमन्त्री समक्ष पुर्याउने जवाफ दिँदै संसदको विजनेशका विषयमा जानकारी लिएका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ माघ २०७८, १७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल
लुम्बिनीका सभामुखद्वारा ५ जनाको स्वकीय सचिवालय विघटन
मधेशमा सभामुखले पदमुक्त गरेका सांसदद्वारा हाजिरी र कारबाहीको नक्कल माग