सारेगमप लिटिल च्याम्पको उपाधि झापाकी कृपालाई

सफल खबर संवाददाता

आइतबार, २३ माघ २०७८, १५ : ३५
सारेगमप लिटिल च्याम्पको उपाधि झापाकी कृपालाई

काठमाडौं । सारेगमप लिटिल च्याम्प नेपालको पहिलो उपाधि झापाकी कृपा पौडेल जितेकी छन् । अन्य पाँच प्रतिस्पर्धीलाई हराउँदै उनले उपाधिसँगै नगद १६ लाख पनि जितिन् ।

झापाकी रोशा फुयाँल फस्ट रनरअप, सेकेन्ड रनरअप भारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन् । पहिलो र दोस्रो रनरअपले क्रमशः ४ लाख र ३ लाख प्राप्त गरेका छन् ।

नोबडी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइजको अनुमति यो रियालिटी सोलाई नेपालमा संचालन गरेको हो । अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरे पनि पुरस्कार जितेका छन् ।

अन्तिम पाँच प्रतिस्पर्धीलाई ३र३ वटा गीत रेकर्ड तथा म्युजिक भिडिओ, नेपालका साथै विश्व टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था आयोजकले मिलाउने भएको छ ।

डिजिटल र फिजिकल अडिसनमा देश विदेशका ३० हजारभन्दा वढी प्रतिस्पर्धी सहभागी थिए । सहभागी मध्यवाट मेगा अडिसनमा छानिएका ६० जनाबाटअडिसनमा ३५ जना र प्रिमियरमा १५ जना पुगेका थिए ।

निर्णायकमा न्यूह बज्राचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जोशी सहभागि थिए । १५ जना चर्चित गायक पनि जुरी थिए । १६ बर्ष मुनिका बालबालिका मात्रै सहभागी हुन पाउने नेपालकै पहिलो रियालिटी विभिन्न चरणमा १८ हप्ता चलेको थियो ।

प्रतिक्रिया दिनुहोस