भारतमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा

एजेन्सी

शनिबार, २२ माघ २०७८, १३ : ००
भारतमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा

काठमाडौं । भारतमा गत २४ घण्टामा थप १ लाख २७ हजार ९ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोहि अवधिमा थप २ लाख ३० हजार ८ सय १४ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय संचार माध्यले जनाएका छन् । त्यस्तै गत २४ घण्टामा १ हजार ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा पछिल्ला केही दिन यता कोरोना संक्रमणको गति सुस्त बन्दै गएको भारतीय संचार माध्यमले जनाएका छन् । भारतमा हाल ४ करोड २० लाख ८० हजार ६ सय ६४ जनामा कोरोना पुष्टि भइसकेको छ ।

त्यस्तै, भारतमा कोरोनाका कारण ५ लाख १ हजार १ सय १४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ४ करोड २ लाख ४७ हजार ९ सय २ पुगेको भारतीय संचार माध्यले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस