कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

सफल खबर संवाददाता

शनिबार, २२ माघ २०७८, ०९ : ०५
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा ४२ हजार ४३ परीक्षार्थी सहभागी भएकामा ४ जनाको परीक्षाफल रद्द गरिएको छ । 

कार्यालयले माघ २ र ३ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो भने बोर्डको शुक्रबार बसेको बैठकको निर्णयानुसार नतिजा प्रकाशन गरिएको हो ।
नतिजा सम्बन्धित वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस