काठमाडौँ । झापास्थित बिएण्डसी अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरूलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए ।
महासचिव रोशन पुरी द्वारा जारी विज्ञप्तिमा भनिएको छ, कुनै पनि सञ्चारमाध्यममा सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति छ । यसलाई बेवास्ता गर्दै अस्पतालजस्तो संवेदनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्वजनिक रूपमा ठाडो धम्की दिनु आपत्तिजनक हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो । महासंघ पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउने गरी धम्की दिनेलाई कानुनी कारबाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ माघ २०७८, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागारमा राखियो
सरकारी वकिल कार्यालयले फिर्ता पठायो दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा धर्ना
राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने
दुर्गा प्रसाईंसहित ५० जनाको बयान न्यायाधीश कार्कीको इजलासमा
दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति