मोरङमा १२ वर्षीया बालिका बलात्कृत

सफल खबर संवाददाता

विहीबार, २० माघ २०७८, १२ : १४
मोरङमा १२ वर्षीया बालिका बलात्कृत

मोरङ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस