सीके राउतको जनमत पार्टीले गरे पुर्व–पश्चिम राजमार्ग बन्द

सफल खबर संवाददाता

विहीबार, २० माघ २०७८, १० : ४०
सीके राउतको जनमत पार्टीले गरे पुर्व–पश्चिम राजमार्ग बन्द

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले आज (बिहीबार) बिहानैदेखि सप्तरीमा टायर बालेर विरोध प्रदर्शन गर्दै राजमार्ग बन्द गराएको छ।  
किसान आन्दोलनअन्तर्गत जनमत पार्टीले  चक्काजाम गरेको जनाएको छ । 

जनमत पार्टीले आज माघ २० गतेदेखि पूर्वपश्चिम राजमार्ग बन्द गर्ने विरोधको कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो। प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ। राजमार्गका ठाउँ(ठाउँमा बाँसका भाटा बोकेर कार्यकर्ता बसेका छन्।

केही स्थानमा बाहेक लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको उनीहरूले बताएका छन्। राजमार्ग क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।