काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले आज (बिहीबार) बिहानैदेखि सप्तरीमा टायर बालेर विरोध प्रदर्शन गर्दै राजमार्ग बन्द गराएको छ।
किसान आन्दोलनअन्तर्गत जनमत पार्टीले चक्काजाम गरेको जनाएको छ ।
जनमत पार्टीले आज माघ २० गतेदेखि पूर्वपश्चिम राजमार्ग बन्द गर्ने विरोधको कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो। प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ। राजमार्गका ठाउँ(ठाउँमा बाँसका भाटा बोकेर कार्यकर्ता बसेका छन्।
केही स्थानमा बाहेक लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको उनीहरूले बताएका छन्। राजमार्ग क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० माघ २०७८, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. सीके राउतद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत
सीके राउत नेतृत्वको जनमतबाट समानुपातिक सूचीमा रहेका १८ जनाले लिए नाम फिर्ता
शक्ति केन्द्रले पार्टी फुटायो: डा. सीके राउत
सीके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम
संसद् विघटन नगर्न बिन्ती गर्दै सीके राउतले अघि सारे सातबुँदे प्रस्ताव