अनेरास्ववियुद्धारा मन्त्रीलाई कालो झन्डा

सफल खबर संवाददाता

मंगलबार, १८ माघ २०७८, २० : ०९
अनेरास्ववियुद्धारा मन्त्रीलाई कालो झन्डा

काठमाडौं । समय नै निर्वाचनको गर्न माग गर्दै आएको एमाले निकट अनेरास्ववियु ले आज  बुटवलमा मन्त्रीलाई कालो झन्डा देखाएको छ ।

केन्द्रीय सकुर्लर अनुसार आज साँझ लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई पाल्पा रोडमा कालो झन्डा देखाएको अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सरोज पोखरेलले बताए ।  

उनले मन्त्रीहरुलाई कालो झन्डा देखाउनको लागि  दिउँसो देखि कुरेर बसे पनि अनन्त साँझ मात्र  प्रहरीको आँखा छलेर  पाल्पामा रोडमा देखाएको बताए ।  अनेरास्ववियु ले हिजो जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । आज मन्त्रीहरु झन्डा देखाएको हो। चरणबद्ध कार्यक्रम अन्तर्गत भोलि सडकमा कानुन व्यवसायीहरुसगँ  बहस गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस