सात किलो चाँदीका गहनासहित एक महिला पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १८ माघ २०७८, २० : ०६
सात किलो चाँदीका गहनासहित एक महिला पक्राउ

मोरङ । मोरङ प्रहरीले ७ किलो चाँदीका गहनासहित एक महिलालाई पक्राउ गरेको छ । सुनवर्षी नपा ६ नयाँचोकस्थित सडक खण्डमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा २९ वर्षीया मन्जु सहनीलाई पक्राउ गरेको हो । 

भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको सो चाँदी उनले ब्याग भित्र प्लाष्टिकमा टेपले बेरेको पोकाभित्र राखेर ल्याएकी थिइन् भने त्यसमा विभिन्न थरीका गहना रहेका थिए । अनुमानित ७ लाख मूल्य बराबरको सो चाँदी सहित महिलालाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस