मकवानपुर । मकवानपुरको हेटौँडामा सोमबार साँझ साढे ८ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१च ५९९४ नंको बोलेरो र विपरीत दिशातर्फ आउँदै गरेको को१ख १३२८ नंको टिपर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा बोलेरो चालक काठमाडौँ बालाजु बस्ने अन्दाजी ४५ वर्षीय शिव कार्की मृत्यु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा–११ चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै सोही दुर्घटनामा परेर बोलेरो सवार सोही ठाउँ बस्ने अन्दाजी ५० वर्षीय दिनेश कार्की घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ माघ २०७८, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु