सर्लाही । सर्लाहीको लालबन्दीबाट प्रहरीले चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।
लालबन्दी नगरपालिका-५, का सूर्यदीप चौधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका-१५ का सोमबहादुर रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले बताए ।
७ माघमा लालबन्दी नगरपालिका-५, का ज्ञानबहादुर क्षेत्रीको मोटरसाइकल घरको बरन्डाबाट चोरी भएको थियो । प्रदेश २-०३-००१ प १०१९ नम्बरको मोटरसाइकलसहित तीन जना पक्राउ परेका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ माघ २०७८, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ