चितवन । नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् ।
भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३-००१-००५ ख९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो भरतपुर महानगरपालिका-१२ बसन्तचोकमा आफैँ अनियन्त्रित भई विद्युतको खम्बामा ठोक्किएको थियो । दुर्घटनामा घाइते ट्रक चालकको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
कन्टेनरले ठक्कर दिँदा दुईवटा विद्युतका खम्बाहरु पनि ढलेका छन् । विद्युतको खम्बा ढलेपछि विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ माघ २०७८, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते