काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार सेयर बजार १३.४८ अंकले घटेको हो । ०।४७ प्रतिशतले बजार घट्दा २८७२.०५ बिन्दुमा आएको छ ।
२ सय २५ वटा कम्पनीको ५ अर्ब १५ करोड ४१ लख ७७ हजार ५ सय रुपैयाँको खरिदबिक्री भएको छ । आज १ करोड १ लाख ५ हजार ६ सय ६९ कित्ता सेयर किनबेच भएको छ ।
बजार घटेको दिन पनि वीन नेपाल लघुवित्त र फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको १०/१० प्रतिशतले सेयर मूल्य वृद्धि भएको हो ।
सबैभन्दा धेरै कारोबार भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड भएको छ । सो कम्पनीको ५७ करोड १२ लाख ७८ हजार ६ सय रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीलाई राष्ट्र बैंकले हिजोमात्रै बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको थियो ।हिजो १०५ अंकले सेयर बजार वृद्धि भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ माघ २०७८, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार