काठमाडौं । सत्ता गठबन्धनका दुई प्रमुख नेता प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको छ ।
प्रधानमन्त्री देउवासँग छलफल गर्न अध्यक्ष प्रचण्ड आज बिहान बालुवाटार गएका थिए । दुई नेताबीचको वार्ताको विस्तृत विवरण दुवै पक्षले दिएका छैनन् । एमसीसीको विषयमा गठबन्धनमा विवाद नभएको र यसले गठबन्धन तलमाथि नहुने नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री र माओवादी अध्यक्षबीच स्थानीय तहको निर्वाचनको मिति तथा एमसीसीलगायतका विषयमा छलफल भएको बताइएको छ । सत्ता गठबन्धनलाई एमसीसीको कारण कुनै खतरा नरहेको दुवै पक्षले बताएका छन् ।
यसअघि प्रधानमन्त्री देउवा, प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एमसीसी पारित गर्ने सहमति भइसकेको छ । तर, त्यसका लागि प्रचण्ड र माधव नेपालले १० दिनको समय मागेको पौडेलनिकट स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ माघ २०७८, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाको साथ छोड्दै गगनसंग नजिकिए यि कांग्रेसी नेता
पार्टी सत्ताबाट देउवाको शान्त बिदाई
यस्तो छ जेनजी आन्दोलनपछि पहिलो पटक देउवाको सम्बोधन (पूर्णपाठ)
जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए देउवा
देउवाको शुभकामना सन्देश : राजनीतिक निकास यही संविधानभित्रबाट खोज्न सकिन्छ
प्रधानमन्त्रीसँग छलफल गरेर निकास खोज्ने गगन-विश्वसँग देउवाको प्रतिबद्धता