काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौता पारित नभए गठबन्धन टुट्छ भनेर प्रधानमन्त्रीले शेरबहादुर देउवाले नभनेको स्पष्ट पारेका छन्। विभिन्न सञ्चारमाध्यममा यसबारे समाचार सार्वजनिक भएपछि नेता श्रेष्ठले सो समाचारमा सत्यता नभएको बताएका हुन्।
‘कुनै भ्रममा नपरौं, प्रम देउवाले एमसीसीसँगको सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन।’
यस्तै, पाँच दलीय गठबन्धनमा एमसीसी पारित गर्नेबारे सहमति भयो भन्ने कुरा पनि सत्य नभएको उनले बताए। उनले माओवादी केन्द्र यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा नरहेको कुरा पनि स्पष्ट पारेका छन्।
श्रेष्ठले भनेका छन्, ‘गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन। कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन।’ साथै, उनले गठबन्धनको एकता कायम राख्नुपर्नेमा समेत जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ माघ २०७८, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले भ्रष्टाचार निवारणका निम्ति राज्यका सबै संयन्त्र परिचालन गरेको छ : प्रधानमन्त्री प्रचण्ड
राज्य व्यवस्था समितिले एनसेल बिक्रीबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने
प्रधानमन्त्री प्रचण्डसँग वरिष्ठ अमेरिकी अधिकारी लाउबाचरको शिष्टाचार भेट
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न गङ्गालाल अस्पताल पुगे प्रधानमन्त्री
एनसेल बिक्रीका विषयमा गहिराइमा पुगेर छानबिन गर्नुपर्ने गठबन्धन बैठकको निष्कर्ष
एनसेल बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन