काठमाडौँ । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) ले स्थानीय तहको निर्वाचन समयमै गराउनमा आलटाल गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। अखिलले विज्ञप्ति जारी गर्दै स्थानीय निकायको चुनाव समयमै गर्नुपर्ने मागसहित माघ १७ गतेबाट आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।
माघ १७ गते देशैभरिका जिल्ला कमिटिले जिल्ला प्रशासन कार्याद्यय मार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गर्ने यूनियनका अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माघ १७ गते नै देशैभरि अधिकतम २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्नका लागि दबाब दिँदै क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने भएको छ ।
त्यस्तै माघ १८ गतसम्म स्थानीय निर्वाचन घोषणा नगरे प्रतिकात्मक रुपमा मन्त्रीहरु सहभागी कार्यक्रममा कालोझण्डा देखाउने र माघ १९ गते संघीय राजधानी काठमाडौं र प्रदेश राजधानीहरुमा कानुनविदहरुको उपस्थितिमा सडक बहस गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।
यूनियनले स्थानीय निकायहरु जनप्रतिनिधिविहिन हुँदा विगतमा मुलुकले व्यहोर्नुपरेको भयंकर क्षतिलाई नजरअन्दाज गर्दै आम जनता र मुलुकको सबैभन्दा ठुलो राजनितिक पार्टी नेकपा एमालेले पटक(पटक स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न गरेको आग्रहलाई सत्ता गठबन्धनले लत्याउँदै देशलाई अँध्यारोतिर धकेल्ने प्रयास भएको आरोपसमेत लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ माघ २०७८, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्नेहा केसीले पाइन् अनेरास्ववियुको निर्वाचित कमिटीमा सर्वाधिक मत
अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी : को को भए निर्वाचित ?
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान
अनेरास्ववियुको निर्वाचन कार्यतालिका संशोधन, आज राति ८ बजेदेखि मतदान हुने
अनेरास्ववियुको नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक