गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १६ माघ २०७८, १६ : २४
गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

नवलपुर। नवलपुरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्युु भएको छ ।

नवलपुरको कावासोती–१५ का ५६ वर्षीय खोर बहादुर माझीको गैंडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले बताए ।

शनिबार नारायणी नदीमा माछा मार्न गएका माझी घर नफर्केपछि आइतबार बिहान परिवारका सदस्य खोज्न गएका थिए । उनलाई बिहान प्रोजेक्ट घाट नजिकै मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस