काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेल पार्टीबाट निष्काशनमा परेका छन् । पार्टी हितविपरीतको गतिविधि गरेको आरोपमा अध्यक्षलाई नै सो पार्टीले निष्काशनको घोषणा गरेको हो ।
कार्यबाहक अध्यक्ष लोकनारायण सुवेदीद्वारा हस्ताक्षरित पत्रमा कट्टेलले दलको हितविपरित काम गरेको र स्पष्टीकरण सोधिएकामा कुनै जवाफ प्राप्त नभएकाले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको उल्लेख छ ।
कट्टेलले नै नेकपाको नाममा दाबी गर्दै सर्वोच्चमा मुद्दा दिएका थिए । उनको मुद्दामा अदालतले फैसला गर्दा तत्कालीन नेकपा फुटेर एमाले र माओवादी केन्द्र कायम भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ माघ २०७८, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै, तीन सदस्यीय कार्यदल गठन
माधव नेपालको पार्टीले सरकारलाई ज्ञापनपत्र बुझाउने
‘विप्लव’ नेतृत्वको नेकपाद्वारा भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी