ट्याक्सी र निजी सवारीमा बाहेक जोरबिजोर हट्यो, (प्रशासनको आदेशसहित)

सफल खबर संवाददाता

शुक्रबार, १४ माघ २०७८, १९ : ४०
ट्याक्सी र निजी सवारीमा बाहेक जोरबिजोर हट्यो,  (प्रशासनको आदेशसहित)

काठमाडौँ । काठमाडौं उपत्यकाभित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा यसअघि लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको छ । 

शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् । माघ १४ गते राति १२ बजेबाट लागु हुनेगरी सो निर्णय गरिएको हो ।

काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको थियो ।