गजुरेल दाजुभाइको चिसिँदो सम्बन्ध

पत्रपत्रिकाबाट

शनिबार, २२ बैशाख २०७५, ०८ : २०
गजुरेल दाजुभाइको चिसिँदो सम्बन्ध

काठमाडौं । सिन्धुलीबाट तीसको दशकबाट भूमिगत राजनीति सुरु गरेका सिपी गजुरेल र हरिबोल गजुरेल सहोदर नभए पनि एउटै बाजेका नाति हुन् ।
उमेरमा सिपी दाइ हुन् । आजको नयाँ पत्रिकामा यो समाचार छ । भूमिगतकाल २०४३ को सेक्टर काण्डपछि महामन्त्री बन्ने प्रतिस्पर्धामा प्रचण्डसँग टक्कर परेपछि सिपी कहिल्यै उनिनिकट भएनन् ।
त्यसयता सिपी फरक कित्तामा रहे पनि भाइ हरिबोलले पछिल्लोपटक पार्टी विभाजन हुँदासम्म उनलाई साथ दिएनन् । अहिले हरिबोल माओवादी केन्द्रको सचिवालय सदस्यको रुपमा प्रचण्डको विश्वासपात्र नेता छन् ।

प्रतिक्रिया दिनुहोस