काठमाडौँ । देशका अधिकांश क्षेत्रमा शुक्रबार मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावले मौसम प्रभावित भएको हो ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ। शुक्रबार दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्यतया बदली हुनेछ। बाँकी स्थानमा आंशिक बदली वा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
प्रदेश १ तथा बागमती प्रदेशमा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना छ। यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ माघ २०७८, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना