काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी चढेको गाडीमा बिहीबार अज्ञात समूहले आक्रमण गरेको छ ।
निवासबाट कार्यालय जाने क्रममा गिरी चढेको गाडीमाथि काँडाघारीमा अज्ञात समूहले आक्रमण गरेको आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बिहान ११ बजेतिर आक्रमण भएको हो । पदीय दायित्व निर्वाहमा अहोरात्र खटिरहनुपर्ने व्यक्तिमाथि आक्रमण गर्ने व्यक्ति तथा समूहको पहिचान गरी कानुनी कारबाही गर्न आयोगले सरकारसँग माग गरेको छ । आक्रमणबाट गाडीमा क्षति पुगेको आयोगले जनाएको छ, गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १४ माघ २०७८, ०८ : ४२
लेखकबाट थप