काठमाडौं । कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर उडानमा तोकिएको भन्दा बढी भाडा लिएको विषयमा पर्यटनमन्त्री प्रेम आलेले गठन गरेको छानबिन समितिले काम सुरु गरेको छ ।
मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठिन तीन सदस्यीय छानबिन समितिले यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र इमेलमार्फत निवेदन दिन अनुरोध गरेको हो ।
कोरोनाको पहिलो चरणमा लकडाउनका बखत अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानको व्यवस्था भएको थियो ।
सोपश्चात् यात्रु प्रस्थान हुँदा लाग्ने हवाई भाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाई भाडाभन्दा बढी लिएको भनी प्राप्त भएका विभिन्न गुनासोका आधारमा गुनासोको सम्बोधन गरी छानबिन गर्न मन्त्रालयले हवाई भाडा दर छानबिन समिति, २०७८ गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ माघ २०७८, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु
बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो
वैज्ञानिकहरुले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारे
बुद्ध जयन्तीलाई संयुक्त राष्ट्रसंघको बेवास्ता
धनुषामा युवक झुण्डिएको अवस्थामा फेला
मुग्लिङ-पोखरा सडकः पश्चिम खण्डबाट विस्तारको काम सुरु