कतारमा अलपपत्र ४२९ युवाको उद्धारको पहल

पत्रपत्रिकाबाट

शनिबार, २२ बैशाख २०७५, ०८ : १३
कतारमा अलपपत्र ४२९ युवाको उद्धारको पहल

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा कतारमा अलपपत्र ४२९ जना नेपाली युवाको उद्धारका लािग पहल सुरु गरेको छ ।
कतारमा नेपालीले काम गरिरहेको कम्पनी बन्द भएर तीन महिनादेखि अलपत्र नेपाली युवालाई स्वदेश ल्याउने विषयमा परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयुक्त पहलमा स्वदेश ल्याउने तयारी भएको हो । कतारस्थित नेपाली दुतावासका अनुसार रोजगारीका लागि कतारको हमाव विहित हालिक नामक कम्पनी बन्द भएपछि ४२९ जना नेपाली युवा अलपत्र छन् ।

उनीहरु कम्पनी बन्द भएपछि कम्तीमा तीन महिना र बढीमा नौ महिनादेखि तलब नपाएर अलपत्र अवस्थामा सोही कम्पनीको क्याम्पमा बसोबास गर्दै आएका छन् । कतारका लागि नेपाली नेपाली राजदुत रमेश कोइरालालले कतारमा अलपत्र अवस्थमा रहेका नेपाली युवालाई स्वदेशमा कसरी फर्काउने भन्ने विषयमा श्रममन्त्री गोकर्णराज विष्टसँग टेलिफोनमा कुराकानी भएको बताए । आजको गोरखापत्रमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस