नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

सफल खबर संवाददाता

विहीबार, १३ माघ २०७८, १५ : ०९
नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

file-photo

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। सभापति शेरबहादुर देउवाले शुक्रबार भर्चुअल माध्यमबाट बस्ने गरी बैठक आह्वान गरेका हुन्।स्थानीय तहको चुनाव वैशाखमै गर्ने कि गठबन्धनमा आएको प्रस्ताव अनुसार सार्ने भन्ने विषयमा कांंग्रेसभित्र दुई खाले मत छन्।

सभापति देउवा स्थानीय तहको चुनाव सार्न राजी भएसँगै पार्टीभित्र असन्तुष्टि बढेको अवस्थाम औपचारिक निर्णयका लागि बैठक डाकिएको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए।

बैठकमा बुधबार सम्पन्न भएको राष्ट्रियसभा निर्वाचबारे पनि समीक्षा हुनेछ। त्यस्तै सदन खुलाउन विषयमा पनि कांग्रेसभित्र छलफल हुने नेता खतिवडाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस