काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। सभापति शेरबहादुर देउवाले शुक्रबार भर्चुअल माध्यमबाट बस्ने गरी बैठक आह्वान गरेका हुन्।स्थानीय तहको चुनाव वैशाखमै गर्ने कि गठबन्धनमा आएको प्रस्ताव अनुसार सार्ने भन्ने विषयमा कांंग्रेसभित्र दुई खाले मत छन्।
सभापति देउवा स्थानीय तहको चुनाव सार्न राजी भएसँगै पार्टीभित्र असन्तुष्टि बढेको अवस्थाम औपचारिक निर्णयका लागि बैठक डाकिएको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए।
बैठकमा बुधबार सम्पन्न भएको राष्ट्रियसभा निर्वाचबारे पनि समीक्षा हुनेछ। त्यस्तै सदन खुलाउन विषयमा पनि कांग्रेसभित्र छलफल हुने नेता खतिवडाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ माघ २०७८, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सानेपामा काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी
कांग्रेस संसदीय दलकाे नेता चयनका लागि आज निर्वाचन
सिंहदरबार प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघ नेताहरू रिहा गर्न काँग्रेसको माग
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता
नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै