भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

एजेन्सी

विहीबार, १३ माघ २०७८, १४ : ४६
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ ।  बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार  ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म ४ लाख ९१ हजार ७०० व्यक्तिको मृत्यु भएको छ ।  भारतमा अहिले सक्रिय सङ््क्रमितहरुको सङ्ख्या २२ लाख २  हजार ४७२ रहेको छ ।    

कुल सङ्क्रमितहरु मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन। ती मध्ये तीन लाख ६  हजार ३५७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएदेखि हालसम्म सङ्क्रमण मुक्त हुनेको संख्या तीन करोड ७६ लाख ७७ हजार ३२८ पुगेको छ । -एएनआई

प्रतिक्रिया दिनुहोस