२६ वर्षअघि भुटानबाट लखेटिएपछी..

पत्रपत्रिकाबाट

शनिबार, २२ बैशाख २०७५, ०७ : ४३
२६ वर्षअघि भुटानबाट लखेटिएपछी..

दमक । शरणार्थी शिविर नम्बर आई चार छाप्रो ४८ झापा । यो छाप्रो धनी हुन् ८४ वर्षीय श्रीनारायण प्रधान र ८२ वर्षीया समती प्रधान । भुटानबाट खेखिएपछि झापा बसोबास गर्दै आएको यो परिवारमा पाँच छोराछोरीसहतिको प्रधान परिवार यतिबेला छिन्न भिन्न भएको छ ।

पुनर्वास अन्तर्रत एउटा छोरो अमेरिकामा अर्को क्यानडा पुगेका छन् । आजको गोरखापत्रमा समाचार छ । २६ वर्षअघि भुटानबाट लखेटिए पछी परिवारका दुई छोरा भुटानमै रहे भुटानबाट खेदिए यता ती दुई छोराको अनुहारसमेत श्रीनाराणले देख्न पाएका छैनन् ।

शरणार्थीको छाप्रोभित्र श्रीनारायण थला परेकको दुई महिना भयो । उनको स्याहार ८२ वर्षीया सुमतीले सकिनसकी गर्दै आएकी छन् । उनले भनिन् - 'छोराछोरी मनग्गे भए पनि बुढेसकालमा सहाराविहीन भइयो ।'

प्रतिक्रिया दिनुहोस