काठमाडौं । काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको छ । यसका लागि विद्यालय फेरि खोल्नुपर्ने भएको छ ।
ललितपुर र काठमाडौं स्वास्थ्य कार्यालयले माघ २४ देखि दोस्रो मात्रा खोप लगाउने तयारी भएकोले त्यसपछि पनि विद्यालय खोल्न आज बिहीबार स्थानीय तहलाई पत्र पठाउने तयारी गरेको छ ।
यसअघि नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेकालाई पुनः खोप लगाउन माघ १६ देखि २० गतेसम्म फेरि विद्यालय खोल्ने निर्णय गरिसकेको छ ।
काठमाडौं र ललितपुरमा पहिलो मात्रा खोप लगाउने विद्यार्थी संख्या न्यून छ । भक्तपुरमा मोडर्ना खोप अभियान सञ्चालन भइसकेको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ माघ २०७८, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन