काठमाडौं । काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको छ । यसका लागि विद्यालय फेरि खोल्नुपर्ने भएको छ ।
ललितपुर र काठमाडौं स्वास्थ्य कार्यालयले माघ २४ देखि दोस्रो मात्रा खोप लगाउने तयारी भएकोले त्यसपछि पनि विद्यालय खोल्न आज बिहीबार स्थानीय तहलाई पत्र पठाउने तयारी गरेको छ ।
यसअघि नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेकालाई पुनः खोप लगाउन माघ १६ देखि २० गतेसम्म फेरि विद्यालय खोल्ने निर्णय गरिसकेको छ ।
काठमाडौं र ललितपुरमा पहिलो मात्रा खोप लगाउने विद्यार्थी संख्या न्यून छ । भक्तपुरमा मोडर्ना खोप अभियान सञ्चालन भइसकेको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ माघ २०७८, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द