नयाँ संसद् आउँदा सम्म तयार होला त संसद भवन ?

पत्रपत्रिकाबाट

विहीबार, १३ माघ २०७८, ०७ : ५७
नयाँ संसद् आउँदा सम्म तयार होला त संसद भवन ?

काठमाडौं । संसदीय निर्वाचन २०७४ साल मंसिरमा भएकाले संसद्को पाँच बर्से कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर प्रयोग गरिँदै आएको छ।

व्यवस्थापिका राज्यको एउटा अभिन्न अंगको रूपमा संविधानले व्यवस्था गरेकाले अब संसद्को स्थायी संरचनाको आवश्यकता देखिन्छ। संसद् सचिवालय सिंहदरबारमा रहेकाले संसद् बैठकको दिन कर्मचारीलाई कागजपत्र ओसार्ने झण्झट हुँदै आएको छ।

संसद् बैठक सकिएपछि नयाँ बानेश्वरमा रहेको भवनलाई तालाचाबी लगाएर कर्मचारी फेरि सिंहदरबारमै फर्किने गर्दछन्। यतिबेला संसद् नहुँदा नयाँ बानेश्वरमा तालाचाबी लगाइएको छ। यस्तो अवस्थाले कति दिन चल्ने भन्ने बहस धेरै भएपछि २०७६ देखि नयाँ संसद् भवन बनाउने विषयमा निष्कर्षमा पुगी निर्माणको ठेक्का दिइएको थियो।

२०७६ असोजमा संसद् भवन निर्माणको शिलान्यास भएको थियो। ठेक्का बमोजिम सिंहदरबारको पुतली बगैंचामा दुई वर्षदेखि संसद्को आफ्नो भवन बनाउने क्रम जारी छ। २०७७ मंसिर ३० गते संसद्को विकास तथा प्रविधि समितिले ‘तीन वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको नयाँ संघीय संसद् भवन निर्माणको हालसम्मको भौतिक प्रगतिको गति सन्तोषजनक नदेखिएकाले निर्धारित मितिमा सम्पन्न हुनेगरी आवश्यक कार्ययोजना तत्काल बनाई कार्यान्वयन गर्न र उक्त कार्ययोजना समितिलाई समेत उपलब्ध गराउन भन्दै निर्देशन दिएको थियो। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस