देउवाले चुने तीन पदाधिकारी: पौडेल पक्षबाट प्रक्रिया बहिष्कार

पत्रपत्रिकाबाट

शनिबार, २२ बैशाख २०७५, ०७ : ३४
देउवाले चुने तीन पदाधिकारी: पौडेल पक्षबाट प्रक्रिया बहिष्कार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले तीन पदाधिकारी चयन गरेका छन् । उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महत चयन भएका हुन् ।
सभापति देउवाले मनोनयन गरेका तीनैजनाको नाम पार्टी केन्द्रीय कार्यसमितिको बहुमत सदस्यले अनुमोदन गरेका हुन् । महाधिवेशनको दुई महिनामा गरिसक्नुपर्ने पदाधिकारी चयन देउवाले २६ महिनामा गरेपछि विधानअनुसार नचलेको भन्दै रामचन्द्र पौडेल पक्षले भने प्रक्रिया नै बहिष्कार गर्‍यो । आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस