राष्ट्रिय फुटबल टोलीका पूर्व-कप्तान हरिविरुद्ध अख्तियारको मुद्दा

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, १७ : २२
राष्ट्रिय फुटबल टोलीका पूर्व-कप्तान हरिविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालका सर्वाधिक गोलकर्ता समेत रहेका खड्कामाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप छ ।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा आज नै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस