सिन्डिकेटको मारमा निजी विद्यालय

पत्रपत्रिकाबाट

शनिबार, २२ बैशाख २०७५, ०७ : २७
सिन्डिकेटको मारमा निजी विद्यालय

काठमाडौं । सिन्डिकेट समर्थित यातायात व्यवसायीले आफ्नो सवारीसाधन थन्क्याएर सरकार विरोधी आन्दोलन सुरु गरेपछि त्यसको प्रतक्ष्य मार निजी विद्यालयमा परेको छ ।

यातायात बन्दका कारण राजधानी लगायत देशका ठूला विद्यालयसमेत बन्द भएका छन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छ । आन्दोलनकारीले कालो नम्बर प्लेटको सवारीसाधन सञ्चालन नगर्दा त्यस्ता सवारी साधनमा विद्यार्थी ओसारपसार नभएपछि विद्यालय बन्द भएको हो । भाडाका सवारी साधनबाट विद्यार्थी बोक्ने विद्यालय बन्द भएको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले बताए ।

प्रतिक्रिया दिनुहोस