एकताको तयारीमा साना बाम पार्टीहरु

पत्रपत्रिकाबाट

शनिबार, २२ बैशाख २०७५, ०७ : २३
एकताको तयारीमा साना बाम पार्टीहरु

काठमाडौं । कम्युनिस्ट पार्टीहरु एकीकृत हुने तयारी थालेका छन् । त्यसका लागि आन्तरिक छलफल भइरहेको साना बाम पार्टीहरुले बताएका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी) माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र अघि बढेको छ ।
मुख्यतः पार्टीको रणनीतिक र कार्यनीतिका विषयमा छलफल नटुंगिदा एकता प्रक्रिया लम्बिएको क्रान्तिकारी माओवादीका प्रवक्ता हरीभक्त कडेंलले जानकारी दिए । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस